१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैया बनाउने प्रक्रिया अगाडि बढेको : नेता अरगरिया

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ ।

अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो समयदेखि अस्पताल विवादमा परेको छ । अस्पताल संचालनमा नआएपछि स्थानीय र जग्गादाता दुःखी बनेका छन् ।

विगत केहि दिनदेखि स्थानीयले अस्पताल संचालनका लागि धर्ना समेत बसे । शनिवार धर्नामा बसेकाहरुले राखेको सर्वपक्षीय भेलामा सो क्षेत्रबाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाले संघीय सरकारले प्राथमिक स्वास्थ्य केन्द्र संचालन गर्ने निर्णय गरेपछि आफूले रोकेको बताए । उनले अस्पताल उद्घाटनका लागि नेकपा नेता गिरिराजमणी पोखरेल आउन लागेपछि कालोमोसो दल्ने चेतावनी दिएपछि उनी ब्याक भएको बताए ।

साँसद अरगरियाले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री र आफू विदेशमा रहेका बेला ओली नेतृत्वको सरकारले षड्यन्त्र पूर्वक निर्णय गरेको आरोप समेत लगाए । उनले भने, ‘अहिले १५ शैयाको प्राथमिक स्वास्थय केन्द्र संचालन गर्ने भनिएको छ । तर त्यसो हुन दिदैनौं । ५० शैयाको अस्पताल संचालनका लागि प्रदेश सरकारमा निवेदन दिएका छौं । केहि कारणले ५० शैया बन्न नसके २५ शैयाको अस्पताल संचालन गराएरै छाड्छौं ।’

प्रदेश सरकारमा निवेदन दर्ता गराएको र नगरपालिकाबाट सिफारिस लिनुपर्ने भन्दै सबै प्रक्रिया पुर्याएर निर्णय गराउने पनि अरगरियाले बताए । उनले अस्पतालको कागजात देखाउँदै भने, ‘अस्पताल संचालनमा को दोषी भन्ने कुरा छाडेर सबै एकजुट भएर अगाडी बढ्नुपर्छ ।’

उनले भवन बनेर पनि लामो समयसम्म संचालनमा नआउँदा आफू समेत दुःखी बनेको बताए । उनले आवश्यक पहल गरिरहेको र नभए प्रदेश सरकार घेराउ गर्नुपरे आफु नै अगाडी बढ्ने विश्वास समेत दिलाए ।

साँसद अरगरियाले अस्पताल ५० शैय्याको बनाउने प्रक्रिया अगाडी बढाएपछि स्थानीय नेकपालाई ठूलो झट्का लागेको छ । शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नै अस्पताल संचालन हुन नदिने गरेको स्थानीयको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]