२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैया बनाउने प्रक्रिया अगाडि बढेको : नेता अरगरिया

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ ।

अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो समयदेखि अस्पताल विवादमा परेको छ । अस्पताल संचालनमा नआएपछि स्थानीय र जग्गादाता दुःखी बनेका छन् ।

विगत केहि दिनदेखि स्थानीयले अस्पताल संचालनका लागि धर्ना समेत बसे । शनिवार धर्नामा बसेकाहरुले राखेको सर्वपक्षीय भेलामा सो क्षेत्रबाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाले संघीय सरकारले प्राथमिक स्वास्थ्य केन्द्र संचालन गर्ने निर्णय गरेपछि आफूले रोकेको बताए । उनले अस्पताल उद्घाटनका लागि नेकपा नेता गिरिराजमणी पोखरेल आउन लागेपछि कालोमोसो दल्ने चेतावनी दिएपछि उनी ब्याक भएको बताए ।

साँसद अरगरियाले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री र आफू विदेशमा रहेका बेला ओली नेतृत्वको सरकारले षड्यन्त्र पूर्वक निर्णय गरेको आरोप समेत लगाए । उनले भने, ‘अहिले १५ शैयाको प्राथमिक स्वास्थय केन्द्र संचालन गर्ने भनिएको छ । तर त्यसो हुन दिदैनौं । ५० शैयाको अस्पताल संचालनका लागि प्रदेश सरकारमा निवेदन दिएका छौं । केहि कारणले ५० शैया बन्न नसके २५ शैयाको अस्पताल संचालन गराएरै छाड्छौं ।’

प्रदेश सरकारमा निवेदन दर्ता गराएको र नगरपालिकाबाट सिफारिस लिनुपर्ने भन्दै सबै प्रक्रिया पुर्याएर निर्णय गराउने पनि अरगरियाले बताए । उनले अस्पतालको कागजात देखाउँदै भने, ‘अस्पताल संचालनमा को दोषी भन्ने कुरा छाडेर सबै एकजुट भएर अगाडी बढ्नुपर्छ ।’

उनले भवन बनेर पनि लामो समयसम्म संचालनमा नआउँदा आफू समेत दुःखी बनेको बताए । उनले आवश्यक पहल गरिरहेको र नभए प्रदेश सरकार घेराउ गर्नुपरे आफु नै अगाडी बढ्ने विश्वास समेत दिलाए ।

साँसद अरगरियाले अस्पताल ५० शैय्याको बनाउने प्रक्रिया अगाडी बढाएपछि स्थानीय नेकपालाई ठूलो झट्का लागेको छ । शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नै अस्पताल संचालन हुन नदिने गरेको स्थानीयको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]