२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समृद्धिका लागी खुशियाली रहन जरुरी : सांसद यादव

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,पर्सा।वीरगंजस्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आइतबारदेखी तिनदीने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्य रहेको सांसद प्रदिप यादवले बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका सांसद यादवले तालिमको उदघाटन गर्दै तनावमुक्त खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने उहाँले बताउनु भयो ।

विभिन्न शक्तिसाली देशका व्यक्तिहरु अध्यात्मबाट आएर मात्र देशलाई अगाडी बढाउन सकेका उदाहरण दिदैँ उहाँले अध्यात्मले सन्तुष्टि एवंम् समृद्धि तर्फ उन्मुख गराउन सफल हुने बताउनु भएको थियो ।

मानिस जबसम्म तनावमुक्त खुशियाली हुन सक्दैनन् तबसम्म उनको परिवार, समुदाय वा राष्ट्रलाई समृद्धि दिन नसक्ने उहाँको भनाई थियो ।

छिमेकी देश उत्तर प्रदेश पनी जंगली राज्य थियो तर अहिले त्यहाँका मुख्यमन्त्री योगीले प्रदेशलाई अध्यात्मक मार्फत अपराध मुक्त समृद्ध प्रदेश बनाउन सफल भएको सांसद यादवले उदाहरण प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]