२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सीमाको रक्षा त त्यही सीमानामा बस्ने मधेशीहरुले गरेका हुन:डा राउत

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सैनिक ब्यारेक र सिंहदरबारले सीमा रक्षा गर्न नसकेको आरोप लगाएको छ।

भारतले हालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेका बेला राउतको यस्तो प्रतिक्रिया आएको हो । सीमाना भूगोलको रेखांकनले मात्रै नबन्ने भन्दै उनले सीमाको रक्षा सीमानामा बस्ने बासिन्दाहरूले गरेको दावी गरेका छन् ।

कञ्चनपुर जिल्लाको बनवासा बोर्डर र चाँदनी दोघारा नजिक सीमास्तम्भमा लिइएको फोटो समाजिक संजाल फेसबूकमा हाल्दै उनले लेखेका छन्, ‘सीमाना भूगोलको रेखांकनले मात्रै बन्दैन । जनतालाई अपनत्वको बोध हुनु अपरिहार्य नै हुन्छ । सैनिक ब्यारेक र सिंह दरबारले सीमा रक्षा गरेका होइनन्, न त सडकमा प्लाकार्ड लिएर चुनाव अघि प्रदर्शन गर्नेहरुले ।

सीमाको रक्षा त त्यही सीमानामा बस्ने बासिन्दाहरूले गरेका हुन् । त्यही दिनहुँ अपमानित, अपहेलित र शोषित हुने मधेशीहरुले गरेका हुन् । सवा करोड देव नारायण यादवहरुले गरेका हुन् ।’नेपाल सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका डा. राउत पछिल्लो समय पार्टीको सांगठनिक कार्यमा सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]