१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

प्रदेश सरकारले चलाएको बेटी पढाउ-बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश नं. २को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन ।

प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन ।

तीन दिन देखी जनकपुरमा रहेको राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोली संग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएका छन ।

प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा , महिलाहरुको लागि लोक सेवा कक्षाको तैयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरि रहेका छन ।

उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोगगर्ने इच्छा व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]