२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रदेश २ का मुख्यमन्त्री लालबाबु अमेरिका जाँदै

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्।

एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्।

एन्टा अमेरिकामा बस्ने मधेसी मूलका नागरिकको संस्था हो। लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिका जान लागेका हुन्। एन्टाको कार्यक्रममा सरिक भएर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]