२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

विद्यालयमा जातीय प्रभावसंगै गैरजिम्मेवार अभिभावक

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

प्रतिमा कुमाल,चितवन।देवज्योती निम्न माध्यमिक विद्यालय व्यवस्थापक समितिका अध्यक्ष विष्णु कुमार शर्माले देवज्योतीलाई दलीत समुदायको विद्यालय हो भन्दा फरक नपर्ने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका ६ देवनगरमा रहेको यस विद्यालयमा १ सय ८० विध्यार्थी रहेकोमा एक जनामात्र ब्राहमण परिवारका रहेका छन् । जो सोही विद्यालयका अंग्रेजी विषयका शिक्षक गोविन्द न्यौपानेका छोरा रहेको अध्यक्ष शर्माले बताउनु भयो । ६० प्रतिशत ब्राहमण समुदाय रहेको सो क्षेत्रमा ४० प्रतिशत दलीत समुदायका व्यक्तिहरुको बसोबास रहेको छ ।

समाज आधुनिकिकरण तर्फ अगाडि बढेपनि देवनगरमा जातीय समस्या भने अझै रहेको देखिएको छ । जातीय कारणले नै गर्दा अनन्य समुदायका बालबालिका विद्यालयमा भर्ना हुँन नआएको भान भएको देवज्योतीका प्रधानाध्यापक हेमराज शर्माले बताउनु भयो । ३ कक्षा सम्म अंगे्रजी माध्यमबाट अध्ययन हुँने यस विधालयमा ९ जना सरकारी दरबन्दी र ४ जना निजि स्रोतका शिक्षकहरु रहेका छन् । २०१७ सालमा स्थापना भएको यो विद्यालयमा ८ कक्षा सम्म पठ्नपाठन हुँने गरेको छ । विद्यार्थी पठ्नपाठ्नमा अब्बल भएपनि धेरै जस्तो अभिभावक विद्यार्थीको भविष्य प्रति गैरजिम्मेवार भएको विद्यालयको गुनासो छ ।

वर्षेनि भर्नाका लागि घरदैलो कार्यक्रम गरेपनि विद्यालयमा विद्यार्थी संख्या भने समस्याको रुपमा रहेको छ ।

विद्यार्थी संख्यामा जातीय प्रभाव परेसंगै नीजि स्रोतका शिक्षकलाई योज्ञता अनुसारको पारिश्रमिक दिन पनि विद्यालयलाई धउधउ परेको छ । २ विगाहा १५ कट्ठा जमिनमा रहेको यो विद्यालयको आम्दानिको स्रोत भने खासै केही छैन । वर्षमा केही जमिन ठ्ेक्का दिदा ४० हजार आम्दानि हुँने गरेकोे छ । विद्यालयको समस्या वडा भेलामा बारमबार राखेपनि सोचे जस्तो सहयोग नभएको विद्यालयको गुनासो छ । कुनै समय सरसफाईमा जिल्लाको प्रथम भएको दिवज्योतीका भुपु विद्यार्थीहरु पनि विद्यालय प्रति उत्तरदायी नदेखिएको व्यवस्थापक अध्यक्ष शार्माको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]