२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषाका क्राईम प्रहरी नायव निरीक्षक झा उत्कृष्ट प्रहरी घोषित

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

न्यूज मधेश,जनकपुरधाम।डकैती गरिरहेकै अवस्थामा गोली प्रहार गरी ४ डकैतलाई रंगेहात पक्राउ गरेका प्रहरी नायव निरीक्षक सन्तोष झा सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव निरीक्षक झालाई आश्विन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेर सम्मान गरेको हो । कार्यालयमा आयोजित समारोहबीच प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरी नायव निरीक्षक झालाई नगद र कदरपत्रले सम्मान गरेका छन् ।

सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भएका प्रहरी नायव निरीक्षक झा हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले आश्विन ९ गते जनकपुरधाम उपमहानगरपालिका ३ स्थित दिपक बजाज र अनिल अग्रवालले संचालन गरेको जानकी फर्नि्सिङ पसलमा डकैती गरिरहेका चार जना डकैतलाई पक्राउ गर्न सफल भएका थिए ।

डाँका समूहबाट कटुवा पेस्तोल १ थान, सोमा लाग्ने गोली राउण्ड २, ताल्चा काट्ने कटर १ थान, नगद ७ सय र मोवाइल बरामद भएको थियो । हाल उनीहरु प्रहरी हिरासतमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]