०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरे

Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

न्यूज मधेश,काठमाडौं।युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्।

युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन्। तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको पनि प्रशंसा गरेका छन्।

उनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए। यो पटक युनिसेफको सद्भावना दूताका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]