०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

उपप्रधानमन्त्री यादव भारत भ्रमणमा

Logo
प्रकाशित सोमबार, मंसिर ०२, २०७६

न्यूज मधेश,काठमाडौं।समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् । मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने भएकाले उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको हो।

यादव यतिबेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई नै दिएको छ । पदाधिकारी बैठकमा यसबारे छलफल हुनुअघि यादव दिल्ली जान लागेका हुन् । यस अतिरिक्त राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकता प्रक्रियाबारे पनि पार्टीभित्र अन्योल कायम छ । पार्टीका केही नेता तत्काल राजपा नेपालसँग एकता प्रक्रिया अघि बढाउनु पर्ने पक्षमा छन् भने केही नेता एकताका लागि हतारिन नहुने तर्क गरिरहेका छन् ।

राजपा नेपालले भने सरकारबाट फिर्ता भएर आएमा मात्र समाजवादी पार्टीसँग एकता प्रक्रियाका लागि छलफल गर्ने प्राथमिक सर्त अघि सारेको छ ।

समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समिति बैठकले संविधान संशोधनको एजेण्डालाई सार्थक रुपमा अघि सार्ने निर्णय गरिसकेको छ ।संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले असन्तुष्टि जाहेर गरेको थियो । मधेसवादी दलहरुले समेत संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए भने उनीहरुकै आन्दोलनको आधारमा भारतले अघोषित नाकाबन्दीसमेत गरेको थियो ।

यतिबेला सीमा विवादका कारण प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग भारतको सम्बन्ध चिसिन थालेको बताइन्छ । सोही समयमा सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गर्ने सत्ता साझेदार दलका नेतासमेत रहेका यादवको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]