२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने: मन्त्री पण्डित

Logo
प्रकाशित सोमबार, मंसिर ०२, २०७६

न्यूज मधेश,काठमाडौँ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् । प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए । ‘अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो ग¥यौँ’, उनले भने, ‘अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौँ ।’ उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र संघीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको बताए । सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौँ उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]