२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

बहुचर्चित गायक सरोज सन्त राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित

Logo
प्रकाशित बुधबार, मंसिर ०४, २०७६

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कबलासी घर भएका मिथिलाका बहुचर्चित युवा गायक सरोज सन्त काठमाडौंमा राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका छ्न ।

संघीय राजधानी काठमाडौंमा नेपाल संगीत उधोग संघ द्वारा राष्ट्रिय म्युजिक अवार्डबाट युवा गायक सम्मानित भएका हुन ।

नेपाली संगीत उघोग संघ काठमाडौंद्वारा आयोजित कार्यक्रममा नेपाली फिल्म ईन्डस्ट्रीका चर्चित गायक प्रमोद खरेल लगायत सप्तरी घर भएका मिथिलाका युवा गायक सरोज सन्त राष्ट्रिय म्युजिक अवार्डबाट सोमबार सम्मानित भएका छ्न ।

सिरहाको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा अध्यनरत सन्त शेख मिडिया हाउसद्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्जकको आरजे तथा टेक्निसियन रूपमा कार्यरत रहेका छ्न ।

मैथिली ,भोजपुरी तथा नेपाली गितमा आफ्नो स्वर दिईसकेका गायक सरोज बाल्यकाल देखि संगीतिक तथा गायन क्षेत्रमा रुचि रहेको थियो । उनी आफ्नो गाउँकै बिधालयबाट कक्षा दस पास गरि उच्च अध्यनको लागि राजबिराज स्थित मिसन कलेजबाट पल्स टु पास गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]