१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने:सांसद कर्ण

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने हुदाँ शिक्षाको बिकाशमा ध्यान दिन सवैलाई आग्रह गर्नुभएको थियो ।

ओबिसी पर्साका अध्यक्ष समेत रहेका नेकपाका युवा नेता अकलेश साहकाे पहलमा तराई मधेश समृद्धि अभियान अन्तर्गत आएकाे ३० लाखको लागतमा सो भवन निर्माण हुन लागेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले वताउनु भयाे । उहाँले ३० लाख रकमबाट तिनकोठे नयाँ भवन निर्माण र अधुरो भवन मर्मत गर्न लागिएको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा नेकपाका नेता बिचारी प्रसाद यादव, वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, प्र्रदेश कमिटी सदस्य बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य अमल यादव, बसरुदिन अंसारी, ताजुदिन अंसारी, राजु बैठा, सचिव बिश्वमर शर्मा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा भवन निर्माणको लागि बजेट ल्याउन सहयोग गर्ने नेकपाका नेता एवं संबिधान सभा सदस्य बिचारी यादव, युवा नेता अकलेश साह, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादवलाई सम्मानित समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]