२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

उपेन्द्र यादवले सरकार नछाड्ने भएपछि समाजवादी पार्टीमा विवाद चर्कियो

Logo
प्रकाशित शनिबार, मंसिर ०७, २०७६

न्यूज मधेश,काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् ।

स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान गर्ने गरी चालिएको कदमप्रति यादवले सार्वजनिक रुपमा केही बोलेका छैनन् । तैपनि, प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थसँग असन्तुष्टि पोखिसकेको बुझिएको छ ।

यादव उपप्रधान तथा कानुनमन्त्री बनाइएका छन् । यो उनका लागि संविधान संशोधन गरेर देखाउन चुनौती पनि हो । यसैलाई बहाना बनाएर यादव सत्तामै रहिरहन चाहेका छन् । उनको यो शैलीप्रति समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, प्रभावशाली नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठले सरकार छाड्न दबाब दिदै आएका छन् । तर, यादवले मानेका छैनन् । यादवको पछिल्लो शैलीप्रति उनी निकटस्थ भनी चिनिएकी रेणु यादवले पनि असन्तुष्टि जनाइसकेकी छिन् ।

यादव सरकार छाड्न डराइरहेको चर्चा पनि चलिरहेको छ । उनी मधेशी जनअधिकार फोरमको अध्यक्ष हुँदा रौतहटको गौरमा भएको हिंसाको फाइल खोलिने विषय उठेको छ । यादवले सरकार छाड्नेवित्तिकै यो विषयको अनुसन्धान अगाडि बढ्नसक्ने देखेर अपमान सहेर भएपनि सरकारमा बस्न चाहेका छन् ।

यसैगरी, सरकार पुर्नगठनपछि कसरी अगाडि बढ्ने भन्नेबारे समाजवादी पार्टीको बैठक बस्दैछ । अपरान्ह चार बजे बस्ने बैठकले सरकारमा रहने या बस्ने निर्णय लिनेछ । केही पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गरेर टुंगोमा पुग्नेबारे सुझाव दिइसकेका छन् । नेता रकम चेम्जोङले प्रधानमन्त्री ओलीसँग फाइनल कुरा हुने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]