२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

धनुषामा दाइजोको निहुँमा श्रीमतीको हत्या

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

जनकपुरधाम।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.३ कि २२ वर्षीया कुसुमकुमारी मण्डलको दाइजोको निहँुमा हत्या भएको माइती पक्षले आशंका गरेको छ । २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरी कुसुमको हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।

शुक्रबार राति खाना खाएर सुत्ने वेलामा करिब ११ बजेतिर घरायसी विवादपछि कुटपिट गर्दा कुसुमको मृत्यु भएको माइती पक्षको भनाइ छ । छोरीलाई कुटपिट गरी हत्या गरेको मृतक कुसुमकी बुबा जिवछ मण्डलले दाबी गर्दै घटनाबारे आफूहरूलाई नातेदारले बिहान खबर गरेपछि मात्र थाहा पाएको बताए । उनको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएपछि मात्र स्थानीयबासीले माइती पक्षलाई खबर गरेका थिए ।

माइती पक्षले विवाहमा दाइजो स्वरूप दिएको मोटरसाइकल प्रकाशको नाममा नामसारी गर्न नसक्दा हत्या गरेको बताएका छन् । प्रकाशले पटकपटक कुसुमलाई मोटरसाइकल आफ्नो नाममा पास गर्न दबाब र यातना दिँदै आएका थिए । छोरीको विवाह गर्दा आफूले सबै रकम साहु महाजनबाट ऋण लिएको र मोटरसाइकलसमेत किस्ताबाट एक लाख उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेको जिवछले बताए ।

‘आफूले जसोतसो एक महिना पहिले किस्ताको बाँकी रकम तिरेको र केही ब्याजबापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा थिएँ’, उनले भने । मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरी हत्या गरेको उनले दाबी गरेका छन् ।

यता, मृतक कुसुमको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । प्रहरीले मृतक मण्डलको पति प्रकाश र ससुरा रामचन्द्र मण्डललाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । २०७५ साल वैशाख २८ गते सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजी टोलका जिवछ मण्डलकी २२ वर्षीया छोरी कुसुमकुमारी मण्डल र धनुषाका मिथिला बिहारी नपा–३ बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय प्रकाश मण्डलबीच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो ।

विवाहमा माइती पक्षले नगद १ लाख ५० हजार, २ तोला सुन, १५ तोला चाँदी, फर्निचर र मोटरसाइकल दाइजोमा दिएका थिए । सो विवाह गर्दा करिब १५ लाख खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलोदेवी मण्डलले बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा शनिबार भेटेकी मृतककी काकी पुनम देवीका अनुसार करिब ८ दिन अगाडि धनुषाको मिथिला बिहारीस्थित परशुराम तलाउमा भतिजी, ज्वाइँ र उनको सासुलाई भेटेर भलाकुसारी गरेको बताइन् । पुनमले भेटेको वेलामा भतिजी सासुसहित आएकी थिइन्, कुराकानी सामान्य रूपमा भए पनि उनको अनुहारमा निकै बेचैनी देखिएको बताइन् । भेटेको समयमा सासुले तिम्रो भतिजी मात्रै घरमा अरू बुहारीभन्दा कमजोर र काली भएकी बताएकी पुनमकुमारीले जानकारी दिइन् । निर्दयीले ज्वाइँले भतिजी कुटपिट गर्दै मारेको भन्दै उनलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा उजुरी गर्न आएको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]