०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

सप्तरीको उपचुनावमा १५ गते सम्म मदिरा निषेध

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

न्यूज मधेश,राजबिराज। उप निर्वाचनलाई लक्षित गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेध गरिने भएको छ ।

बुधबार राती ८ बजे देखि आइतबार सम्म मदिरा निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंसिर १४ गते हुने उप निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै छिन्नमस्ता गाउँपालिकाको सम्पुर्ण वडा तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मंसिर ११ गतेदेखि मंसिर १५ गतेसम्म उक्त क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।मदिराका कारण चुनावी सुरक्षा प्रभावित हुने भएकाले मादक प्रदार्थ बिक्री,बितरण ,उत्पादन तथा सेवनमा रोक लगाउने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।

मदिराको कारोबार कसैले गरेको पाएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]