२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

समाजवादी पार्टीले निर्वाचन अचारसंहितालाई उलंघन गर्दै ,प्रचारप्रसारमा बालबालिका

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

न्यूज मधेश,महोत्तरी। निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि प्रदेश २ महोत्तरी जिल्लाको पिपरा गाउपालिकाको अध्यक्ष पदको लागी हुने उप निर्वाचनमा प्रमुख राजनीतिक पार्टीहरूबाटै यसको उल्लंघन भएको देखिएको छ।

स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारमा नेपाली कांग्रेस,समाजबावी पार्टी ,राजपा नेपाल , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र नेताहरूले नै बालबालिका प्रयोग गरेको पाइएको हो। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचमा बालबालिका प्रयोग नगर्न र आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलहरूलाई चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै दलहरूले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिरहेका हुन्।

बालबालिकालाई प्रचारप्रसारमा हिँडाउनुका साथै ‘फलानो पार्टीलाई भोट हाली जिताऔं’,‘फलानो पार्टी जिन्दावाद’ को नारामा समेत प्रयोग गरेको पाइएको हो। बालबालिकाका लागि पार्टीका नारा लेखिएका टिसर्टसमेत बितरण गरिएको छ।

महोत्तरीको पिपरा गाउपालिका वडा नं.१ मा १३ वर्षभन्दा कम उमेरका बालबालिका मंगलबार समाजवादी पार्टी,राजपा नेपाल,कांग्रेस र नेकपा चुनाव प्रचारमा सहभागी भएको देखिएको छ।
राजनीतिक दलका विभिन्न भ्रातृ संगठनका प्रतिनिधि स्वयम्ले बालबालिकालाई टिसर्ट दिनुका साथै प्रचारमा सहभागी गराएको पिपरा गाउपाकिका स्थानिय युवा रामनारायण साहले बताए।

उनले भने पिपरा गाउपालिकाको अध्यक्षको मृत्यु भए पछि यो गाउपालिकामा उपनिर्वाचन भइरहेको हुनाले गाउपालिकाको अध्यक्ष पदका लागि स्थानीय उपनिर्वाचनका लागि नेकपाबाट विक्रम चौधरी ,कांग्रेसबाट विजय यादव, सामाजवादी पार्टी बाट रामजानकी यादव,राजपाबाट रमिता चौधरी अध्यक्ष उमेदवार छन्। निर्वाचनका समयमा बालबालिका प्रयोग नगर्ने भन्दै दलहरूले प्रतिबद्धता जनाए पनि आचारसंहिताको बेवास्ता गरी प्रतिबद्धतालाई भुल्दै उनीहरूले आफ्ना चुनाव प्रचारमा बालबालिका प्रयोग गरेका हुन्।

चुनावमा बालबालिका प्रयोग भएको देखेका स्थानीय बुद्धिजीवीले बालअधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थासमेत पार्टीका लागि भोट माग्ने कार्यमा तल्लीन रहेको आरोप लगाउँदै त्यस्ता निकायले यसतर्फ चनाखो भएर अनुगमन नगरेको र प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]