२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रदेश स्तरीय क्रिकेटको उपाधी सप्तरी टिमको हात

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

न्यूज मधेश,राजबिराज।प्रदेश नं. २ स्तरीय क्रिकेटको उपाधी सप्तरी क्रीकेट टिमले हात परेको छ । सन्तदास कार्की (दासबाबु)तथा राजकुमार कोइराला स्मृति २ नम्बर प्रदेश स्तरीय क्रीकेट खेलको फाइनल खेल खेल्दै सप्तरीले सर्लाहीलाई हराउँदै उपाधी हात परेको हो ।

स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले बिहिवार फाईनल खेल खेल्दै सर्लाहीलाई हराएका छ्न । टि २० नकअाउट क्रीकेट प्रतियोगिताको सेमिफाइनल खेलमा मंगलबार सप्तरी टिमले रौतहट क्रीकेट टिमलाई हराउँदै फाईनल खेलमा प्रवेश गरेको थियो ।

बिहिवार भएको फाइनल खेलमा सर्लाहीलाई ४७ रनले हराउदै सप्तरीले उपाधी जितेको हो ।पहिलो ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

यसैबीच सप्तरीबाट आशिस झाले ३४ ,मेहबुब आलमले २४ तथा बिकाश दासले २८ रन जोडेको थियो । यता सर्लाहीले ब्याटिङ गर्दै एक सय २७ रनको लक्ष्य खोज्दै १९ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा प्याक भयो ।

बिजेता सप्तरीले नगद १ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उत्कृष्ट व्याट्सम्यान सप्तरीका बिबेक यादब , उत्कृष्ट बलर सप्तरीका कप्तान मेहबुब आलम, उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खड्का र प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सप्तरीका कप्तान मेहबुब आलम भएको छ ।

उक्त प्रतियोगितामा प्रदेश नं. २ का ८ वटै जिल्ला सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]