३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

उपनिर्वाचन:महोत्तरीको पिपरामा मतगणना जारी नेकपाभन्दा १३२ मतले राजपा अगाडि

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,जनकपुरधाम ।प्रदेश २ का महोत्तरी जिल्लाको पिपरामा भएको उपनिर्वाचनको अहिले मतगणना जारी नेकपा भन्दा १३२ मतले राजपा अगाडि  रहेको छ।

अहिलेसम्मको ताजा अपडेट अनुसार पिपरा उपनिर्वाचनको लागि अध्यक्ष पदको चुनावमा अहिलेसम्म ६ वटा मतदान केन्द्रको मत गणना सम्पन्न भएका हुन।

गाउँपालिका अध्यक्षको लागि भएको चुनावमा ६ वटा मतदान केन्द्र मध्ये इकरहिया, गम्हरिया , खैरवा, ढेकहा बनौली दनौलीसम्मको मतगणना भएको हो । जसमा राजपा ९२९ मत,नेकपा ७९७ मत , समाजवादी पार्टी ७५९ ,नेपाली कांग्रेस ३७४, राप्रपा ३०७ र जनमत २०० मत प्राप्त गरेको छ ।

मतगणना अहिले पनि जारी रहेको छ । गाउँपालिका अध्यक्षजको मृत्यू भएपछि जनप्रतिनीधि विहिन भएको गाउँपालिकाको लागि उपनिर्वाचन शनिबार सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]