१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

पिपरामा समाजवादीलाई हराउँदै नेकपाका चौधरी विजयी

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी निर्वा्चित भएका छन् ।

उनले ३ हजार २ सय ४९ मत ल्याएर जित हात पारेका हुन् ।मतगणना हुंदा निकै नै रोमाञ्चक रहेको उक्त क्षेत्रमा केहि समय राजपा नै अगाडी देखिएको थियो तर अन्तिम मतगणना सम्म हुंदा दोस्रो रहेको नेकपा प्रथम र लिडिगं लिइरहेका राजपा तेस्रो स्थानमा झरेका थिए ।

चौधरी यसअघि भएको निर्वाचनमा विजयी राजपा उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी थिए ।चौधरीका निकटम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत ल्याए ।राजपाकी रविता कुमारीले २ हजार ९ सय ८४ मत पाइन् ।यसअघि राजपाका विनोदकुमार चौधरी निर्वा्चित भएका थिए।

उनको निधन भएपछि भएको उपनिर्वाचनमा राजपाले उनकै पत्नी रवितालाई उम्मेदवार बनाएको थियो ।यता समाजवादी र राजपा मिल्न नसक्दा सो क्षेत्रबाट राजपाले आफनो जनमत गुमाएको आकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]