२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कैलालीमा २६ लाख भारतीय रुपैयाँसहित ३ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,धनगढी।कैलालीमा २६ लाख भारतीय रुपैयाँसहित तीनजना प्रहरी नियन्त्रणमा लिएको छ।
भारतीय रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए । उनीहरुसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करिब दुई करोड भारतीय रुपैयाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।

पैसा लिएर नेपाल आएका उल्लेखित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाई तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाइने डीएसपी बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]