२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

विद्यार्थी बोकेका बस पल्टिँदा १० विद्यार्थी घाइते

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.३ स्थित नव शान्ति विद्या आश्रमबोर्डिङ स्कुलको बस आज विहान सडकको छेउमा पल्टिएको छ ।

आज बिहान बरमझियादेखी विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको विद्यालायको ना १ क ९२४९ नम्बरको बस सडकको छेउमा पल्टिँदा १० जना विद्यार्थी र चालक समेतघाइते भएको स्थानीय रामभरोस यादवले जानकारी दिएको छ।

घाइते विद्यार्थीहरुको उपचारको लागी जनकपुर अंचल अस्पताल लगेको छ।करिब ३० जना विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको बस सडकको छेउमै खसेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]