१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ: नेल्सन मन्डेला

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो ।

-सपना देख्ने मानिस नै बिजेता बन्छ ।

-सबैभन्दा कठिन काम समाजलाई परिवर्तन गर्नु होइन, आफैंलाई परिवर्तन गर्नु हो ।

-व्यक्तिले आफूसँग भएको कुरालाई कसरी उपयोग गर्छ, त्यसकै आधारमा एक व्यक्ति र अर्को -व्यक्तिको जीवनमा फरकपन आउँछ ।

-समाज परिवर्तन गर्नु छ भने एकैपटक ठूलो काम गर्नुपर्दैन । हरेक दिन साना – साना भएपनि राम्रो काम गर ।

-म पराजित हुँदिन । मैले या त जित्छु या सिक्छु ।

-पछाडिबाट नेतृत्व गर । उनीहरुलाई महसुस गर्न देउ कि, उनीहरु अगाडि छन् ।

-साहासी व्यक्ति त्यो होइन, जो डराउँदै डराउँदैन । साहासी व्यक्ति त त्यो हो जसले डरलाई जित्न सक्छ ।

-हामीले त्यो बुझ्नु जरुरी छ कि, राम्रो काम गर्नको लागि समय सधैं सही हुन्छ ।

-यसरी बाँच कि मानौं, कसैले पनि तिमीलाई हेरिरहेको छैन । तर आफ्नो विचार यसरी राख कि मानौं सबैले तिमीलाई नै सुनिरहेका छन् ।

-जुनसुकै काम पनि पूरा गरेर सक्नु अगाडि असम्भव नै हुन्छ ।

-समाज परिवर्तनको लागि शिक्षा नै मुख्य हतियार हो ।

-सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ ।

-विगतलाई बिर्सिदेउ ।

-यदि परिस्थिति अनुकुल छ भने, अहिँसाको निती राम्रो निती बन्न सक्छ ।

-बिहान उठ्दा मानिसहरुको हितको लागि कार्य योजना नभई उठ्नु जत्तिको डर, मलाई केही चिजसँग लाग्दैन ।

-यदि तिमीले कुनै पनि मानिससँग उसले बुझ्ने कुनै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको दिमागमा पुग्छ । र, यदि तिमीले उक्त मानिससँग उसको आफ्नै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको मनमा पुग्छ ।

-ठूलो पहाड चढेपछि थाहा हुन्छ, चढ्न बाँकी अझ थुप्रै पहाडहरु रहेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]