२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

धनुषाबाट ट्राफिक प्रहरी सहायक निरिक्षक नविन कुमार झा १ हजार घुस सहित पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,महेन्द्रनगर।धनुषाको महेन्द्रनगरबाट ट्राफिक प्रहरी सहायक निरिक्षक नविन कुमार झा १ हजार घुस सहित पक्राउ परेको छ ।

झालाई अख्तियारको बर्दिवासस्थित कार्यालयले १ हजार घुस सहित रंगेहात महेन्द्रनगर सखुवाचौकस्थित ट्राफिक विटबाट डिउटीमै रहेको बेला सोमबार साढे ४ बजे पक्राउ गरेको जनाएको छ ।

गाडी चालकहरुसँग घुस लिरहेको गोप्य सूचनाको आधारमा ट्राफिक प्रहरी सहायक निरिक्षक झालाई पक्राउ गरिएको अख्तियारको बर्दिवासस्थित कार्यालयका शाखा अधिकृत हिरालाल भोलनले जानकारी दिएका छन् । झा महेन्द्रनगर ईलाका प्रहरी कार्यालयमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]