२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

१४ वर्षिय बालिका अपहरण, प्रहरीविरुद्ध आन्दोलन आफन्त पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

सौरभ यादव,राजविराज।सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा आन्दोलन गरेका छन्।

राजविराज नगरपालिका वडा नं.७ मा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बालिकालाई राजविराजकै ३/४ जना युवाहरुले गत शनिबार साँझ (मंसिर १४ गते) अपहरण गरेको र उनीहरुविरुद्ध उजुरी दिन जाँदा प्रहरीले दर्ता नगरेको दाजु गोपाल साहले बताए।

साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो। प्रदर्शनकै क्रममा ४-५ युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिए।

‘पीडित परिवारले सोमबार मात्रै उजुरी गर्न आएको हो, अपहरण नै भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रकाश बस्नेतले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]