०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

गढिमाई मेलामा भत्तजनकको घुइँचो

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

न्यूज मधेश,बारा। बाराको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ । आफूले भाकल गरे अनुसारन मनोकामना पूरा भएका तथा गढीमाईप्रति आस्था राख्ने र दर्शन गर्न आउनेहरूको आज घुइचो लागेको हो ।

गढीमाताले छोरा दिएपछि तीन बर्षको बालक लिएर राँगा चढाउन आउनु भएकी बारागढी गाउँपालिका सुखिपथरा टोलकी शोभा देवीले बताउनुभयो । जेठी दुई छोरी पछि तेस्रो सन्तान छोरा पाउँ भनि गढीमातासँग मनमा विश्वास राखेकाले पूरा भएपछि भाकल दिन आएको उहाँले बताउनुभयो ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ मटिअरिया टोलकी दुलारी देवी चौधरीको छ, उहाँकी श्रीमान श्रवण चौधरीलाई पक्षाघात भएपछि डाक्टरले निको नहुने बताएका थिए तर श्रीमान निको भएमा राँगा बली दिने गढीमाई प्रति राखेका मनोकामना पूरा भएपछि राँगा लिएर आएको दुलारीले बताउनुभयो ।

यो एउटा उदाहरण मात्र रहेको हो, सान्तान प्राप्ति, रोग निको भएमा, मनमा सोचेका काम पूरा भएकाले राँगा मात्र होईन, खसी, परेवा, सुगुर र कुखुरासमेत बली दिने गरेका छन् ।

यसरी मनोकामना पूरा भएका नेपाली तथा भारतीयहरूले आजसम्म करिब हजारौको संखयामा राँगा मेला समितिलाई जिम्मा लगाई सकेका छन् । सोमवार रातीसम्म खुल्ला आकाशमुनी रहेका राँगाहरु मध्ये चिसो, कोल्ड डायरियाले १० बिसवटा राँगा मरि सकेको पशु कल्याण समितिले जनाएको छ ।

यता गढीमाईको केन्द्र बिन्दु बरियारपुर रहेपनि त्यस आसपासका करिब १५÷२० किलोमिटरको बाटोमा ट्राफिक जाम हटाउन ट्राफिक प्रहरीलाई हामेहामे परेको छ । सोमवार भीडका कारण दर्शन गर्न पुगेकाहरु मध्ये १५ जनाबढी बेहोस भएका तथा ४० बढी महिलापुरुषगरी पाकेटमाराहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मंंसिर १ गतेदेखि सुरु भएको एक महिने मेला करिब ७० लाख दर्शनार्थी आउने मेला समितिले अनुमान गरेको छ । विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शनगर्न सानाठुला सवारीमा नेपाल र भारतबाट भक्तजनको संख्या दैनिक रुपमा बढिरहेको छ, यो क्रम पशु बली समाप्त नभएसम्म जारी रहने मेला समितिका महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो ।

भक्तजन तथा श्रद्धालुहरूको संख्या बढेसँगै त्यसको सहज व्यवस्थापन तथा मेलाको चारैतिर बास, शौचालय तथा खानेपानीको व्यवस्था मेला समितिले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]