०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

गढिमाई मेलामा भत्तजनकको घुइँचो

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

न्यूज मधेश,बारा। बाराको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ । आफूले भाकल गरे अनुसारन मनोकामना पूरा भएका तथा गढीमाईप्रति आस्था राख्ने र दर्शन गर्न आउनेहरूको आज घुइचो लागेको हो ।

गढीमाताले छोरा दिएपछि तीन बर्षको बालक लिएर राँगा चढाउन आउनु भएकी बारागढी गाउँपालिका सुखिपथरा टोलकी शोभा देवीले बताउनुभयो । जेठी दुई छोरी पछि तेस्रो सन्तान छोरा पाउँ भनि गढीमातासँग मनमा विश्वास राखेकाले पूरा भएपछि भाकल दिन आएको उहाँले बताउनुभयो ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ मटिअरिया टोलकी दुलारी देवी चौधरीको छ, उहाँकी श्रीमान श्रवण चौधरीलाई पक्षाघात भएपछि डाक्टरले निको नहुने बताएका थिए तर श्रीमान निको भएमा राँगा बली दिने गढीमाई प्रति राखेका मनोकामना पूरा भएपछि राँगा लिएर आएको दुलारीले बताउनुभयो ।

यो एउटा उदाहरण मात्र रहेको हो, सान्तान प्राप्ति, रोग निको भएमा, मनमा सोचेका काम पूरा भएकाले राँगा मात्र होईन, खसी, परेवा, सुगुर र कुखुरासमेत बली दिने गरेका छन् ।

यसरी मनोकामना पूरा भएका नेपाली तथा भारतीयहरूले आजसम्म करिब हजारौको संखयामा राँगा मेला समितिलाई जिम्मा लगाई सकेका छन् । सोमवार रातीसम्म खुल्ला आकाशमुनी रहेका राँगाहरु मध्ये चिसो, कोल्ड डायरियाले १० बिसवटा राँगा मरि सकेको पशु कल्याण समितिले जनाएको छ ।

यता गढीमाईको केन्द्र बिन्दु बरियारपुर रहेपनि त्यस आसपासका करिब १५÷२० किलोमिटरको बाटोमा ट्राफिक जाम हटाउन ट्राफिक प्रहरीलाई हामेहामे परेको छ । सोमवार भीडका कारण दर्शन गर्न पुगेकाहरु मध्ये १५ जनाबढी बेहोस भएका तथा ४० बढी महिलापुरुषगरी पाकेटमाराहरुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मंंसिर १ गतेदेखि सुरु भएको एक महिने मेला करिब ७० लाख दर्शनार्थी आउने मेला समितिले अनुमान गरेको छ । विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शनगर्न सानाठुला सवारीमा नेपाल र भारतबाट भक्तजनको संख्या दैनिक रुपमा बढिरहेको छ, यो क्रम पशु बली समाप्त नभएसम्म जारी रहने मेला समितिका महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो ।

भक्तजन तथा श्रद्धालुहरूको संख्या बढेसँगै त्यसको सहज व्यवस्थापन तथा मेलाको चारैतिर बास, शौचालय तथा खानेपानीको व्यवस्था मेला समितिले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]