१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु हस्तान्तरण

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्यूज मधेश,जनकपुरधाम।अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की र अमेरिकी राजदूताबासको तर्फबाट कार्यक्रम प्रबन्धक कार्ल ए रिशिमले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल प्रहरीमा पोलीग्राफ प्रविधिको शुरुवातदेखि नै यसको विकासको लागि अमेरिकी राजदूताबासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ । हालसम्म अमेरिकी राजदूताबासले पोलीग्राफ उपकरण सहित नेपाल प्रहरीका ३९ जना प्रहरी अधिकृतहरुलाई पोलीग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधा सम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नुको साथै पोलीग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्था समेत गर्दै आएको उक्त विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]