१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

इन्टर स्कुल टि-२० क्रिकेटको फाइनलमा शारदा र मनकामनाको भिडन्त

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

मनोज बनैता, लाहान।सिरहाको लहान स्थित पशुपति आदर्श उच्च- मा. वि को प्राङ्गणमा आयोजित टि-२० क्रिकेट प्रतियोगितामा लाहान मनोकामना र शारदा स्कुल बिहीवार फाईनलका लागि भिडने छन ।

लाहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरसिपमा संचालित स्कुल स्तरीय टि – 20 क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनल खेलमा श्री शारदा नमुना स्कुल र लहान मनोकामना स्कुल विजय हुदै फाइनलमा भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत हिमालयन विधा निकेतन स्कुल र श्री शारदा नमुना स्कुल  बीच सम्पन्न पहिलो सेमी फाइनल खेलमा हिमालयन स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै १६ ओभर २ बलमा सबै विकेट गुमाउदै ६१ रन बनाएका थिए।

हिमालयनका लागि रुपेश यादव २७ बलमा १६ रन, मिथिलेश यादव ३१ बलमा १३ रन र रोशन चौधरीले ८ बलमा ११ रन बनाएका थिए। बलिङ्ग तर्फ शारदा बाट नबिन यादव ३ ओभर २ बलमा ९ रन खर्चेर ३ विकेट, अजित साह ४ ओभरमा १५ रन खर्चेर ३ विकेट र सर्विन यादव ४ ओभरमा १० रन खर्चेर २ विकेट लिदै हिमालयन लाई ६१ रनमा अल आउट गर्न सफल भए।

यसै बीच ६२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका शारदा स्कुलका खिलाडिहरुले ११ ओभर ३ बलमा ५ विकेट गुमाई ६२ रन बनाउदै हिमालयन स्कुललाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन। शारदा स्कुलका लागि नबिन यादव १३ बलमा १९ रन , आशिष झा २० बलमा १६ रन नट आउट र इन्दिप यादवको ११ बलमा ११ रनको यागदानका साथै अन्य अतिरिक्त रनको मद्दतले शारदा ५ विकेटले विजय भए । बलिङ्ग तर्फ हिमालयन स्कुलका मिथिलेश यादव ४ ओभरमा २२ रन दिएर ३ विकेट , रुपेश यादव १ ओभरमा ६ रन दिएर १ विकेट र हर्षित सोनी २ ओभर ३ बलमा १४ रन खर्चेर १ विकेट लिएर चित्त बुझाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको श्री शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए।

मङ्गलवार कै दिन बेबी एन्जल स्कुल र लहान मनकामना स्कुल बीच सम्पन्न दोस्रो सेमी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै बेबी एन्जल स्कुलले १९ ओभर २ बलमा अल आउट हुदै सम्मानजनक ९४ रन बनाएका थिए । बेबी एन्जल स्कुलका लागि पप्पु यादव ४९ बलमा ३८ रन, बबी यादव ३५ बलमा १४ रन , चन्द्रकान्त कामैतले ३ बलमा ४ रनको योगदान दिएका थिए। यता मनकामना  स्कुलको तर्फ बाट संजिव दास ५ ओभरमा ५ रन दिएर ४ विकेट ,शिशिर चौधरी ३ ओभर २ बलमा ८ रन खर्चेर ४ विकेट र अभिषेक साहले ३ ओभरमा ११ रन दिएर १ विकेट लिएका थिए ।

यसै बीच ९५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका मनकामना स्कुलका खिलाडीहरुले १४ ओभर ४ बलमा ४ विकेटको क्षतिमा ९६ रन बनाउदै ६ विकेटले विजय लक्ष्य फेला पार्दै फाइनलमा शारदा संग भिड्ने भएका छन्। मनकामना स्कुलका तर्फ बाट अभिषेक साह ५६ बलमा हापसेंचुरी बनाउदै ६१ रनको योगदान दिए भने ,ऋतिक पासवान ५ रन र तलिफ़ खान २ रन बनाएका थिए। बलिङ्ग तर्फ बेबी एन्जल स्कुलका पप्पु यादव २ ओभर ४ बलमा १६ रन ,कमल यादव ३ ओभरमा १६ रन खर्चेर १ विकेट र कामेश्वर मुखिया २ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनकामना स्कुलका अभिषेक साह म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा सुमित चन्द्र देव र संजय चौधरी रहेका थिए।

प्रतियोगिता अन्तर्गतको फाइनल खेल २०७६ मंसिर १९ गते विहिबार विहान ११ बजे देखि हुने आयोजकले जनाएका छन् । फाइनलमा श्री शारदा स्कुल र लहान मनकामना स्कुल आमुने -सामुने हुने छन्। प्रतियोगितामा विजेता हुने स्कुललाई नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने छन् ,भने उप-विजेता स्कुललाई नगद रु,१५ हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजक लहान क्रिकेट क्लवका अध्यक्ष  राकेश अधिकारीले जानकारी दिए। प्रत्येक म्यान अफ द म्याच भएका खिलाडी लाई एक जोर स्पोर्ट शु , त्यस्तै बेष्ट ब्याट्सम्यान , बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डर लाई एबी मलको तर्फ बाट ३ हजारको सपिङ्ग भाउचर र म्यान अफ द सिरिज हुने खिलाडी लाई ५ हजारको सपिङ्ग भाउचर प्रदान गरिने प्रतियोगिताका संयोजक सुमित चन्द्रदेवले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]