२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

बलात्कार प्रयासको आरोपमा पत्रकार पक्राउ, स्थानीय नेता मिलाउने प्रयासमा

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्युज मधेस डेस्क
जनकपुरधाम,१८ मंसिर ।अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

पत्रकार शिव सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको हो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका हुन्।

सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले ४ दिनको म्यादसमेत दिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खडकबहादुर खत्रीका अनुसार सुवेदीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

उनका अनुसार किटानी जाहेरीमा उक्त घटनामा पत्रकार रिया बस्नेत र प्रकाश न्यौपानेको पनि संलग्नता रहेको जिकिर गरिएको छ। प्रहरीले उनीहरुलाई पनि खोजी गरिरहेको छ।

यसरी भयो घटना

मंसिर पहिलो साता लुम्बिनीमा तीन दिने न्यूज फेस्टिभल आयोजना भएको थियो। काठमाडौंसहित विभिन्न जिल्लाका पत्रकारहरु कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको पहिलो दिन नै गुल्मी घर भई बुटवलमा पत्रकारिता गरिरहेकी रिया बस्नेतले बुटवलको स्थानीय एफएममा काम गर्ने १६ वर्षीया एक युवतीलाई साथमा ल्याएकी थिइन्।

ती युवतीका अनुसार देशभरका पत्रकारहरुसँग भेटघाट हुने भन्दै रियाले उनलाई ल्याएर लुम्बिनीकै एक होटलमा राखेकी थिइन्।

नेपाल समयसँग कुराकानी गर्दै पीडित युवतीले भनिन्, ‘गोर्खाली युवा सशक्तीकरण संस्थामा रिया दिदीसँग चिनजान भएको थियो। उहाँले लुम्बिनीमा ठूल्ठूला पत्रकारहरुसँग भेटाइदिने भन्दै लिएर आउनु भयो। साँझ होटलमा रिया दिदी, प्रकाश न्यौपाने, शिव सुवेदी र म बसेका थियौं। उहाँहरु रक्सी खाँदै हुनुहुन्थ्यो। एक छिनमा प्रकाशले रिया दिदीलाई लिएर बाहिर निस्किनु भयो। केहीबेरमा शिव सुवेदी पनि गए। तर बाहिरबाट ढोका लगाए। एकछिनमा शिव सुवेदी फेरि फर्केर आए। आउनेबित्तिकै मलाई जबरजस्ती गर्न खोजे। मैले रिया दिदीलाई पनि फोन गरेँ, उहाँले आफू कार्यक्रम स्थलमा भएकोले आउन नमिल्ने भन्नु भयो। मैले गुहार मागेँ तर कोही आएन।’

जबरजस्ती गर्न थालेपछि झ्यालबाट हामफालेर बाहिर निस्केको उनले बताइन्। भरखरै स्थानीय रेडियोमा बाल कार्यक्रम चलाउन थालेकी उनले आफूमाथि रिया र प्रकाशकै मिलेमतोमा शिव सुवेदीले बलात्कारको प्रयास गरेको दाबी गरिन्।

उनले ११ मंसिरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएकी थिइन्। घटना मिलाउन दबाब आएको पीडितका बुवाले बताए। ‘यहाँका वडाध्यक्ष र केही नेताहरुले दबाब दिएका छन्। पैसा लिएर पनि घटना मिलाउन भन्दैछन्,’ उनले भने।

साभार:नेपाल समयबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]