२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

यादवको डरलाग्दो अनुहार ‘घाउभन्दा समाजको पीडा घातक’

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

रोहित महतो,जनकपुरधाम,१८मंसिर।चिउँडोदेखि कम्मरसम्म देखिने डरलाग्दो मासुको डल्ला परेको अनुहार । एकाएक उनको शरिरमा नजर परेपछि जोकोही तर्सिन्छ । बच्चा चिच्चाउन थाल्छन, व्यस्क होच्चयाउन थाल्छन् । नियमित देख्ने छिमेकीले गाली गर्दै यतातिर किन हेरेको भन्दै मुख लरबराउँदै गाली सुरु गरिहाल्छन् ।

समाजको यस्तो व्यवहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का श्याम यादव आजित भइसकेका छन् । उनको अनुहारभर समेत स–साना डल्ला छन् ।

उनलाई यो कुनै रोग होइन्, जन्मदै चिउँडोमा एउटा सानो गिर्खा थियो । उमेर बढ्दै गएसँगै चिउँडोको मासुको डल्ला पलाउँदै आयो । सामान्य अवस्थामा उनलाई त्यो डल्लो नदुःखेपनि हल्का चोट लाग्दा रगत आउन थाल्छ र दुःखाइको पीडाबाट उनी छट्पटाउँछन् । र, उनको अनुहार हेरेरै नाक खोम्च्याउने गाली गरिहाल्ने लगायत थरिथरीका घिनलाग्दो व्यवहार देखेर उनलाई दुखाइको भन्दा बढी पीडा हुन्छ ।
कसैले हेरिरह्यो भने उनलाई दिक्क लाग्छ । न त धेरै हिँडडुल गर्न सक्छन् श्याम, न त सके जति पनि उनलाई हिड्न मन नै लाग्छ । ‘मलाई देखेर फर्कि फर्कि हेर्ने, कुरा काट्दै हिँड्छन् । कसैले सुनाएर गाली गर्छन भने कसैले हेर्ने बितिकै मुख चलाउन थाल्छन् । आखिर मेरो के दोष ? मैले जानीजानी यस्तो अनुहार बनाएको हो ?’, उनले गुनासो पोखे । मासुको डल्लाले जिवनै बर्बाद भएको बताउने श्यामलाई हिलडुल गर्न पनि उतिकै गाह्रो छ । घरमा कमाउने कोइ छै्रनन । ४६ वर्षीय श्याम धनुषाकै लक्ष्मिनिया गाउँपालिकास्थित निकालमा आफ्नो मामा घरमा बस्छन् । उनी अझै बृद्धा आमा र मामामाथि आश्रित छन् ।

गाउँमा समान्य हिलडुल गर्ने उनी नजिकैको बजार जाँदा, गाडी चढ्दा मान्छेहरू तर्सिने गरेको बताउँछन् । ‘बसको सिटमा बस्दा सँगैका यात्रु सिट छोडेर जान्छन् । ‘कोही नाक खुमच्उँदै गाली गर्छन भने बालबालिका डराएर भाग्छन्,’ उनले भने, ‘मेरोजस्तो पीडा अरू कसैले भोग्न नपरोस् ।’ मानिसका यस्ता व्यवहारले उनी रातभर घरमा सोच्छन् । ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान् त छैनन्,’ पीडा सुनाउँदै श्याम भन्छन् , ‘बुबा त बित्नु भयो, आमा र मामाको साथ र सहयोगले बाँचिरहको छु । ’
शारिरीकरूपले सामान्य हिलडुलबाहेक केही काम गर्न नसक्दा पनि उनी अपाङ्गता भएको व्यक्तिको सूचीमा छैनन् । ‘एउटा औँला काटिएका व्यक्तिसँग अपाङ्गता भएको कार्ड हुन्छ ।

उनीहरू सरकारी सुविधा र भत्ता पाउँछन् तर, मैले केही काम गर्न नसक्ने हुँदा पनि सरकारी सुविधा र भत्ता पाउँदिनँ,’ उनले दुःखेसो पोखे । उनी मानसिक रूपले समेत पूर्णरूपमा सक्षम छैनन् । तर, सानो घाउचोट लागेका व्यक्तिले पनि पहुँचका आधारमा अपाङ्गता भएको कार्ड लिएर तलव तथा सरकारी सुविधा लिँदा उनी टुलुटुलु हेरेर बस्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]