२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

महोत्तरीमा लागुऔषध सहित २ जनालाई प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, मंसिर १८, २०७६

न्यूज मधेश,महोत्तरी,१८मंसिर। महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीको नियन्त्रणमा लिएको छ।

बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका महोत्तरीको एकडारा गाउँपालिका वडा नं.३ का पप्पु मण्डल र रोशन कुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले मण्डलको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट नौ सय पिस बरामद गरेको छ । त्यस्तै कुमारको साथबाट दुई हजार ५८ रुपैयाँ र एक मोबाईल बरामद गरेको छ ।

पक्राउ परेका माथि प्रहरीले लागुऔषध सम्बन्धि मुद्दा चलाउने प्रकृया सुरु गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]