१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

आइसिपीको जग्गा विवादलाई लिएर स्थानीयद्वारा आन्दोलन

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

संतोष रन्जितकार
वीरगंज,२० मंसिर।बिगतका दिन देखि विवाद चल्दै आएको वीरगंज को क्ष्ऋए जग्गा विवादलाई लिएर स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

स्थानीयहरुले सुक्खा बन्दरगाह अगाडी वीरगंज पोखरिया सडक अवरुद्ध गरी बिहिवार विहान ११ बजेदेखि देखी १ः३० बजेसम्म टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआब्जा दिनु पर्ने माग राख्दै स्थानिय जग्गा धनीले प्रदर्शन गरेका थिए ।

वीरगंज ड्राइपोर्ट बस्ती अतिक्रमण विरुद्धको संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनका कारण लामो तथा सानो दुरीको चल्ने सम्पूर्ण सवारी साधनहरु २ घण्टासम्म अवरुद्ध भएको थियो । सो क्षेत्रको प्रति कठ्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआब्जा दिने निर्णय सार्वजनिक भएपछि संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषण गर्दै बाटो नै अवरुद्ध गरी प्रदर्शनमा उत्रेको हो । रोक्का राखिएको जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे तापनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअब्जा दने निर्णय आफुहरुलाई मान्य नभएको संघर्ष समितिका संयोजक अमिका प्रसाद पटेलले बताए । उनले भने हामी पहिला देखी नै रोक्का राखिएको जग्गा फुकुवाको मांग राख्दै आन्दोलन गर्दै आएका थियौं तर एक्कासी हामीलाई थाहै नदिईकन मुअब्जा निर्धारण गरिएको संचार माध्यमबाट थाहा पाएपछि हामी थप आन्दोलनको कार्यक्रमलाई अगाडी बढाएका हौं, उचित मुआब्जाको निकास वा पुनर्वासको व्यवस्था नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।

आज शुक्रबार फेरी ११ बजे देखी २ बजे सम्म सडक अवरोध गर्ने संघर्ष समितिको आन्दोलनको कार्यक्रम रहेको छ । रोक्का राखिएको जग्गामा २ सय ९७ वटा घरहरु पनि रहेको संघर्ष समितिले जनाएको छ । सो जग्गामा बन्दरगाह बिस्तार गर्ने नेपाल सरकारको योजना रहेको छ ।

तीन वर्षदेखि रोक्का राखिएको जग्गा फुकुवा तथा मुआब्जा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबार समेत गर्नपाएका छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]