२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

ग्रिनसिटी सामुदायिकद्वारा जिल्ला प्रमुख अधिकारी भट्टराईलाई सम्मान एवम् बिदाई ( फोटो फिचर )

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

संतोष रन्जितकार
वीरगंज,२० मंसिर ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सम्मान एवम् बिदाई गरेको छ।

पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतानद्वारा आज दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले वीरगंज बासीले दिएको माया र वीरगंजको बसाई आफु जहाँ गएपनि स्मरण रहीरहने बताउनुभयो । साथै आफु जहाँ गएपनि वीरगंजको बिकासको निम्ति कटिबद्ध रहेको बताउनुभयो ।

वीरगंज ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]