२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनकपुरमा महिला महोत्सव सुरु

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूज मधेश जनकपुरधाम,२१ मंसिर । विश्वमै गरिदैं आएको महिला महोत्सव जनकपुरधाममा पनि शुरु भएको छ । विश्वका महिला महोत्सव मधेश भनेर नाम दिइएको महोत्सव शुक्रबारदेखि जानकी मन्दिर प्राङ्गणमा प्रारम्भ भएको हो ।

यो महोत्सव नेपालमा भएको महिला महोत्सवको तेस्रो संस्करण हो । यसअघि दुई संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । काठमाडौंभन्दा बाहिर आयोजना गरिएको यो पहिलो महोत्सव हो ।

महोत्सवमा मधेशी महिलाको को परिवेश सम्बन्धी कथाहरु, दृष्टिकोणहरु र अभिव्यक्तिहरुको छुट्टै प्रस्तुतीको अवसर प्रदान गरिनेछ ।

ब्रिटिश काउन्सिलले आयोजना गरेको महोत्सवमा बिभिन्न संघ–संस्थाहरुको समेत सहभागिता रहेको छ ।

महोत्सवमा महिलाहरुको अनुभव प्रस्तुती, संवाद कार्यक्रम, मार्ग निर्देशन, संगीत, नृत्य तथा नाट्य प्रस्तुतिहरु गरिएको छ ।

महोत्सवको पहिलो दिन महिलाका लागि महिला शिर्षकमा आयोजना गरिएको संवाद कार्यक्रम, आफ्नो ठाउँबाट प्रेरणादायी उदाहरण बन्ने कुराहरुबारे छलफल गरिएको छ ।

यस्तै, पहिलो दिन शुक्रबार बिभिन्न बिषयमा कार्यशालाको समेत आयोजना गरिएको छ । साथी–साथी सिकाइको माध्यमबाट महिला सशक्तिकरण, मिथिला चित्रकला, प्रजनन् स्वास्थ्य तथा रजस्वला बुझाईबारे कार्यशालाको आयोजना गरिएको छ ।

महोत्सवमा बिभिन्न प्रदर्शनीहरु समेत राखिएको छ । हस्तकलामा लुकेको खुशी, हिरोनीहरु निर्माण, जंगलबाट हाम्रो गीत, अन्यायको जटिलता सम्बन्धी कथाहरु, फोटो कथाहरु प्रदर्शनीमा राखिएइको छ ।

चोपाइर नाटक प्रदर्शन

महिला महोत्सवको अवसरमा लैंिगक हिंसाबिरुद्व न्यायका लागि चौपाइर नाटक मैथिली भाषामा प्रदर्शन गरिएको छ ।

यूके एडको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा प्रदेश २ मा संचालित सहज परियोजना अन्तर्गत उक्त नाटक प्रदर्शन गरिएको हो ।

मधेशी समाजमा हानिकारिक सामाजिक मूल्य, मान्यताका कारण हुने महिलामाथिको हिंसालाई चित्रण गरेर देखाइएको थियो । बालविवाह गरेर बिष खुवाई मार्ने प्रयास गरिएकी दुलारीदेवीको कथालाई सडिक नाटक मार्फत देखाइएको थियो ।

नाटक प्रदर्शन पश्चात दर्शकहरुले आफ्नो गाउँमा बाल विवाह नगर्ने, लैंगिक हिंसा न्यूनिकरण गर्नेजस्ता प्रतिबद्वता जनाएका थिए । समग्र जन उत्थान केन्द्र सिरहा र आइडिया नेपाल सप्तरीका कलाकारहरुले नाटकमा अभिनय गरेका थिए ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]