१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

जनकपुरमा महिला महोत्सव सुरु

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूज मधेश जनकपुरधाम,२१ मंसिर । विश्वमै गरिदैं आएको महिला महोत्सव जनकपुरधाममा पनि शुरु भएको छ । विश्वका महिला महोत्सव मधेश भनेर नाम दिइएको महोत्सव शुक्रबारदेखि जानकी मन्दिर प्राङ्गणमा प्रारम्भ भएको हो ।

यो महोत्सव नेपालमा भएको महिला महोत्सवको तेस्रो संस्करण हो । यसअघि दुई संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । काठमाडौंभन्दा बाहिर आयोजना गरिएको यो पहिलो महोत्सव हो ।

महोत्सवमा मधेशी महिलाको को परिवेश सम्बन्धी कथाहरु, दृष्टिकोणहरु र अभिव्यक्तिहरुको छुट्टै प्रस्तुतीको अवसर प्रदान गरिनेछ ।

ब्रिटिश काउन्सिलले आयोजना गरेको महोत्सवमा बिभिन्न संघ–संस्थाहरुको समेत सहभागिता रहेको छ ।

महोत्सवमा महिलाहरुको अनुभव प्रस्तुती, संवाद कार्यक्रम, मार्ग निर्देशन, संगीत, नृत्य तथा नाट्य प्रस्तुतिहरु गरिएको छ ।

महोत्सवको पहिलो दिन महिलाका लागि महिला शिर्षकमा आयोजना गरिएको संवाद कार्यक्रम, आफ्नो ठाउँबाट प्रेरणादायी उदाहरण बन्ने कुराहरुबारे छलफल गरिएको छ ।

यस्तै, पहिलो दिन शुक्रबार बिभिन्न बिषयमा कार्यशालाको समेत आयोजना गरिएको छ । साथी–साथी सिकाइको माध्यमबाट महिला सशक्तिकरण, मिथिला चित्रकला, प्रजनन् स्वास्थ्य तथा रजस्वला बुझाईबारे कार्यशालाको आयोजना गरिएको छ ।

महोत्सवमा बिभिन्न प्रदर्शनीहरु समेत राखिएको छ । हस्तकलामा लुकेको खुशी, हिरोनीहरु निर्माण, जंगलबाट हाम्रो गीत, अन्यायको जटिलता सम्बन्धी कथाहरु, फोटो कथाहरु प्रदर्शनीमा राखिएइको छ ।

चोपाइर नाटक प्रदर्शन

महिला महोत्सवको अवसरमा लैंिगक हिंसाबिरुद्व न्यायका लागि चौपाइर नाटक मैथिली भाषामा प्रदर्शन गरिएको छ ।

यूके एडको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा प्रदेश २ मा संचालित सहज परियोजना अन्तर्गत उक्त नाटक प्रदर्शन गरिएको हो ।

मधेशी समाजमा हानिकारिक सामाजिक मूल्य, मान्यताका कारण हुने महिलामाथिको हिंसालाई चित्रण गरेर देखाइएको थियो । बालविवाह गरेर बिष खुवाई मार्ने प्रयास गरिएकी दुलारीदेवीको कथालाई सडिक नाटक मार्फत देखाइएको थियो ।

नाटक प्रदर्शन पश्चात दर्शकहरुले आफ्नो गाउँमा बाल विवाह नगर्ने, लैंगिक हिंसा न्यूनिकरण गर्नेजस्ता प्रतिबद्वता जनाएका थिए । समग्र जन उत्थान केन्द्र सिरहा र आइडिया नेपाल सप्तरीका कलाकारहरुले नाटकमा अभिनय गरेका थिए ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]