३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

रौतहटमा ११ लाखको कपडा बरामद

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

संजय सहनी
रौतहट , २१ मंसिर।भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ ।

रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय सिमाक्षेत्र बाट तस्करी गरेर ल्याउदै गरेको लताकपडाहरु सशस्त्र प्रहरी बल नेपालको विओपी बेलबिछवाले नियन्त्रणमा लिएको हो ।

दुई वटा गाडीमा राखेर नेपाल तर्फ चोरी तस्करी गर्दै ल्याइ रहेको अवश्थामा सामान सहतिको गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।

कार्तिक महिनामा मात्रै अवैध रुपमा चोरी निकासी भएर आएको ५१ लाख भन्दा बढीको सामानहरु भन्सार कार्यालयमा बुझाएको ११ नम्बर गण हेड क्वाटरका प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

यहि वर्षको श्रावण देखी हाल सम्म सशस्त्र प्रहरीले १ करोड ७५ लाख भन्दा बढीको सामान भन्सार बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]