१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

लाहानमा राजपा पार्टीको मुहार फेरिदै, नगर अधिवेशन भव्यताका साथ सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

मनोज बनैता, सिरहा, २२ मंसिर । गत केही महिना देखि विवादमा चुलिएको राजपा पार्टीका लाहान नगर कमिटीले ” हम मधेसी एक ची” भने मुल नाराको साथ आफ्नो नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ ।

राजपा नेपालको लहान नगर अधिवेशनमा २४ सौ वडाका वडा तदर्थ समितिहरुको रोहबरमा पार्टीका केन्द्रिय सदस्य डा.महादेव साहको अध्यक्षतामा समपन्न भएको छ। २१ गते शनिबार लाहान स्थित गोपाल सेवा सदनमा गरिएको सम्मेलनमा रा.ज.पा.नेपाल लाहान नगर सम्मेलन,प्रदेश सम्मेलन र क्षेत्रीय सम्मेलन बाट क्रमशः  ल.न.पा.नगर अध्यक्ष मो.आलम, प्रदेश १ (क ) मा अध्यक्ष उमेश सिंह , प्रदेश १ (ख) मा अध्यक्ष सिमा विश्वास र क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल सर्व  सहमतिबाट चयन गरिएको छ ।

अधिवेशनको अध्यक्षता के.सदस्य तथा प्रत्यासी मेयर डा. महादेव साहको अध्यक्षतामा के.सदस्य रोहित महतो ,भरत साह, अभिषेक शर्मा , देवनारायण साह, राकेश झा,जिल्ला संयोजक रामदयाल यादव, श्रवण झा, उपेन्द्र सिंह, जिल्ला उपाध्यक्ष मनोज सिंह , क्षेत्रीय अध्यक्ष मो. गुलाव , प्रेस मंच के. सदस्य बिरेन्द्र यादव (बिरु), विद्यार्थी मंच के.सदस्य बिजय यादव , पुर्व नगर अध्यक्ष शत्रुधन मण्डल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

२४ सै वडाका वडा तदर्थ कमिटीहरुको रोहबरमा लहान नगर अध्यक्षमा आन्दोलनकारी मो.आलम , क्षेत्रीय अध्यक्षमा शत्रुधन मण्डल , प्रदेश १(क)अध्यक्षमा उमेश सिंह लगायत ७१ सदस्य कमिटी नगर तथा ७१ क्षेत्रीय कमिटी  सदस्य सर्व सहमतिले चयन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]