२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

धनुषामा मोटरसाइकललाई ठक्कर दिएर यात्रुबाहक बस फरार

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

रामभगत मण्डल
जनकपुरधाम, २२ मंसिर ।हुलाकी राजमार्ग अनतर्गत धनुषाको विदेह नगरपालिका वडा नं.५ मुरिबा स्थित रहेको बजरंबलीको मन्दिर नजिक मोटरसाइकलमा ठक्कर दिएर यात्रुबाहक बस फरार भएको छ।

आइतबार जनकपुरबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ६०० नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट जाँदै गरेको BR 32 – 4844 नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक
भारतको जयनगर बस्ने २५ बर्षिय मुकेश दास र मोटरसाइकलको पछाडीमा सवार संजिप मुखियाको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]