०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सिरहामा एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

फिरोज शेख
लहान,२३ मंसिर।सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण गरिएको छ। लहान नगरपालिका वडा नम्बर ५ खुट्टी खोला किनारको बलुवा टोलमा झुपडी बनाएर बसोवास गर्दै आएका पाँच डोम परिवारलाई पाँच वटा घर हस्तान्तरण गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत “तराई मधेस समृद्धि कार्यक्रमको ९० लाख र नगरपालिका तथा उपभोक्ता समितिको नौ लाख दुई हजार गरी ९९ लाख दुई हजार रुपैयाँको लागतमा निर्मित १० वटा पक्की घर मध्ये पाँच वटा डोम परिवारलाई घर हस्तान्तरण गरिएको हो । लहान नगरपालिकाका नगर प्रमुख मुनि साह सुडीले रिवन काटेर एकीकृत बस्तीको उद्घाटन गर्दै कार्यक्रम स्थलमा प्रमाण -पत्र र साचो सहित नव निर्मित एकीकृत बस्तीको पाँच घर हस्तान्तरण गरेका हुन् ।

दुई वटा सुत्ने कोठा, भान्सा, शौचालय र बरण्डा सहितको पक्की घर पाउदा वर्षौंदेखि झुपडीमा बस्दै आएका स्थानीय डोमहरु निकै खुशी हुँदै तराई मधेस समृद्धि कार्यक्रमका सम्पूर्ण पदाधिकारी संगै लहान नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन्।

बस्ती हस्तान्तरण गर्दै मेयर साहले गरिब, बिपन्न र दलितहरुका लागि दिइएको घरमा बसेर आयआर्जनका कामसँगै छोराछोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै सरसफाईमा पनि विशेष ध्यान दिन आग्रह गर्नु भयो।
बस्तीमा बनेका १० घर मध्ये तत्काल पाँच परिवालाई हस्तान्तरण गरिएको भएपनि वडा कार्यालयको सिफारिश र निर्णयसहित थप पाँच परिवारको नाम प्राप्त भएपछि बाँकी घर समेत हस्तान्तरण गरिने योजना रहेको समेत स्पष्ट पार्नु भयो । घर पाउनेहरुमा लहान ५ का दहनी मरिक,जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोदकुमार मरिक र धनसिं मरिकसहित पाँच परिवार डोम छन् ।

यसै बीच लहान ५ शिव मन्दिरको अगाडी संचालनमा रहेको शिवशक्ति आधारभूत विद्यालयलाई स्थान्तरण गर्दै विद्यालयका लागि खुट्टीखोलाको पश्चिम किनारमा निर्मित नयाँ पाँच कोठे भवन समेत शिवशक्ति आधारभूत विद्यालयलाई नगर प्रमुख साहले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।

तराई मधेस समृद्धि कार्यक्रमको ५० लाख र नगरपालिका तथा उपभोक्ता समितिको पाँच लाख २९ हजार गरी ५५ लाख २९ हजार रुपैयाँको लागतमा निर्मित भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण सँगै लहान ५ मा पर्ने तीनवटा आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत १ सय २३ जनालाई स्कुल पोशाक र टिफिन बक्स समेत वितरण गरिएको छ। कार्यक्रममा एकीकृत बस्ती र विद्यालय भवन निर्माणमा अतुल्य योगदान पुर्याउनु हुने ३ जना लाई कदर-पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले गर्नु भएको थियो।

कार्यक्रममा उप-प्रमुख सरियार चौधरी , प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाल, शस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु , शिक्षक, नागरिक समाज ,वुद्धिजीवी, समाजसेवी,वडावासी, विद्यार्थी, अभिभावक लगायतको उपस्तिथी रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]