२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कार्यालयकाे भित्तामा स्लोगन टासेर भ्रष्टाचार नियन्त्रण हुँदैन : मुख्यमन्त्री राउत

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम , २३ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यालय को भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास कार्यालयले भ्रष्टाचार विरुद्ध को अन्तर्राष्ट्रिय दिबसको अवसरमा महोत्तरी को बर्दिवासमा आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

भ्रस्टाचार नियन्त्रण को लागी अन्तरआत्मा देखिनै तयार हुन सबैलाई आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले रास्ट्रसेवक कर्मचारीलाई इमान्दार हुनु पर्ने बताउनु भयो ।
उहाँले कर्मचारिले बाटो नबनाए सम्म नेताले भ्रस्टाचार गर्नै नसक्ने दाबी समेत गर्नु भयो । समाजिक अवस्थाले समेत भ्रष्टाचार लाई प्रोत्साहन गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भ्रस्टाचारि लाई तिरस्कार गरिने वातावरण बनाउनु पर्ने बताउनु भयो । समाजले भ्रस्टाचारीलाई तिरस्कार गर्न सुरु गरे आजै बाट भ्रष्टाचार उन्मुलन हुने उहाँले दाबी समेत गर्नु भयो ।
अख्तियार बर्दिबासका प्रमुख नारायण प्रसाद सापकोटाको अध्यक्षता मा भएको कार्यक्रममा प्रदेश प्रमुख तिलक परियार, प्रदेश सरकारका मन्त्रीहरु जितेन्द्र सोनल,विजय कु यादव ,ज्ञानेन्द्र यादव, नवल किशोर साह, राम नरेश राय, राज्यमन्त्री डिम्पल झा, सुरेश मण्डल, उषा यादव, प्रमुख सचिव रामकृष्ण सुबेदी, मन्त्रालय क सचिव हरु, सुरक्षा निकायका प्रमुख , बिभिन्न कार्यालय का प्रमुख हरु,नागरिक समाज सहित को उपस्थिति रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]