२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

दलित पत्रकार संघकाे अध्यक्षमा जगतदल

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

न्यूजमधेश समाचारदाता
सुर्खेत,२३ मंसिर।राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ। दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना परियार, सदस्यमा गणेश विक, तिलकराज विक, भिम परियार , चित्र सुनार चयन भएका छन । यस्तै सल्लाहकार समितिमा ललित बसेल र खगेन्द्र सुनारलाई चयन गरिएको छ ।

राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व कम भएको नागरिक दैनिकका पत्रकार गणेश विकले बताए । संघको गठनले जिल्लामा दलित समुदायहरुको हकअधिकार सञ्चार माध्यम मार्फत गाउँ टोल–टोलमा पुर्याउन मद्दत पुग्ने आदीवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश इञ्चार्ज अशोक राजीले बताए । दलित अधिकार र न्यायका क्षेत्रमा संघले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।
नेपाल पत्रकार महासंघका सुर्खेत शाखा अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारिताको मूल्य र मान्यता अनुसार यो क्षेत्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

संख्यामा दलित पत्रकारहरु कम भएपनि संगठित हुँदै गुणात्मक रुपमा अगाडि बढ्नुपर्ने पत्रकार महासंघ कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्माले बताए । उनले प्रदेश तथा स्थानीय तहमा दलित मैत्री कानुन बनाउन यो संघको महत्वपूर्ण भुमिका रहने बताए । नयाँ संरचना र परिवेशमा हक अधिकार तथा संरक्षणका क्षेत्रमा धेरै काम गर्नका लागि पत्रकारहरुले संगठित भई एकतावद्ध हुन जरुरी भएको पत्रकार महांसघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले बताए । दलित पत्रकारहरुलाई पेसामा टिकाइ राख्न र पत्रकारितामा थप आयाम सिर्जना गर्न यस्ता संगठन आवश्यक रहेको सेजुवालले बताए ।

यस्तै कर्णाली प्रदेश सभा सदस्य तथा संसदीय विकास समिति अध्यक्ष माननीय राजु नेपालीले २४ प्रतिशत दलितले ओगटेको कर्णालीमा खास दलितका मुद्धाहरु बाहिर आउन नसकेको बताइन् । प्रदेश स्तरमा दलित मैत्री कानुन बनाउनका लागि दलित पत्रकार संगठनले पनि थप सल्लाह सुझाव दिनुपर्ने भन्दै उनले आफु त्यही वर्गको माननीयका हैसियतले दलितमैत्री कानुन निर्माण गर्ने प्रतिवद्धता जनाइन् ।

प्रदेशमा ५ जना दलित समुदायका सांसदलाई जुनसुकै बेला पनि सल्लाह सुझाव दिन दलित पत्रकार संघ तयार हुनुपर्ने बताइन् । कार्यक्रमका सभा अध्यक्ष तथा दलित पत्रकार संघका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माले दलित पत्रकार संघले, नेपाल पत्रकार महांसघमा पनि दलित पत्रकारहरु समावेश हुनमा सहयोग पुग्ने बताए । उनले यो संघलाई जिल्ला देखि प्रदेश स्तरसम्म बिस्तार गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]