१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

सिरहामा सडक दुर्घटनाबाट दुई जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

राजेन्द्र महतो
लहान, २३ मंसिर।सिरहाको गोलबजार नगरपालिका वडा नं.४मुख्य चोक स्थित सडक दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाकोको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका -४मुख्य चोक मा भएको एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा -१२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको छ भने मण्डलको उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]