१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बिरगंज बिकास युवा सघर्ष समितिद्वारा महानगरपालिकामा धर्ना , मेयर सरावगीको राजिनामाको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

अजित बुजेल
बिरगंज,२३ मंसिर ।बिरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो गर्न कार्यक्रम अनुसार सोमबार बिरगंज बिकास युवा सघर्ष समितिले दबाब स्वरूप बिरगंज महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।

बिरगंजको गण्डक देखि मेतेरीपुल सम्मको मुख्य सडक २५/२५ मिटर नतोडनको लागी मेयर सरावगिले पैसाको प्रभोलनमा सर्बोच्च अदालतमा मुद्दालाई पटक पटक पेशी सार्दै आएको आरोप समेत लगाएका थिए ।मेयर सरावगीले ज्ञापनपत्रको लागी समय नदिदा प्रदर्सनकारीहरु आक्रोश भैई मेयर सरावगि विरुद्ध चर्को नाराबाजी गर्दै राजिनामाको माग समेत गरेका थिए ।

सघर्ष समितीका अध्यक्ष अकलेश कुमार साहको नेतुत्वमा गरेको टोलिले १ घन्टा धर्ना दिएका थिए ।धर्ना दिनेहरुमा रोमि साह , सन्दिप बिक्रम साह , रन्जित चौरसिया, धर्मेन्द्र पटेल , राकेश पटेल, बिबेक कुमार साह , मुना मिया तेलि , मो. महमुद हक अन्सारी ,दिपेन्द्र साह , समसुलहक अन्सारी , कलिम अन्सारी , सदाम हुसेन , कलाम शेख , रसमुदिन मन्सुरी , दिनेश कुमार यादव , सुभनारायण ठाकुर लगायत स्थानीय समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]