२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनताको आवश्यकता अनुसार अगाडि बढेका छौंः मेयर यादव

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

श्यामसुन्दर यादव
राजविराज,२३ मंसिर । सप्तरीको बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ‘एक घर–एक धारा’ कार्यक्रम ल्याउन लागिएको बताएका छन् ।

‘न्यूजमधेश’ सँग कुराकानी गर्दै उनले नगरपालिकाको विभिन्न वडाहरुमा खानेपानीको समस्या रहेकोले उक्त समस्यालाई पूर्ण रुपमा समाधान गर्न ‘एक घर–एक धारा’ सहित अन्य कार्यक्रमहरु ल्याउन लागिएको बताए । जिल्ला खानेपानी संस्थानसँगको समन्वयमा ‘एक घर–एक धारा’ कार्यक्रम अगाडि बढाईएको जानकारी दिँदै उनले भने ‘बोदेवर्साइन नगरपालिकाका वासिन्दाहरुले शुद्ध खानेपानी उपभोग गर्न पाउन् भन्ने उद्देश्यले घरघरमा धारा पुर्याउन लागेका छौं ।’ उक्त कार्यक्रमकालागि सर्वे डिपीआर थालिएको जानकारी दिँदै यसै कार्यकालमा जनताले धाराको पानी उपलब्ध गराउने गरी काम थालिने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसका साथै नगरसभाबाट १० ओटै वडाकालागि खानेपानीकालागि ट्युवेल खरिद तथा जडान गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । सम्पन्न तथा मध्यम वर्गीय व्यक्तिहरुको घरमा खानेपानीको समस्या नरहे पनि खासगरी दलित, गरिब एवम् विपन्न वस्तीहरुलाई लक्षित ट्युवेल जडान गरिने उनले बताए । आफु मेयरमा चुनाव लडेको बेला घरघरमा पुग्दा खानेपानी तथा सरसफाईको समस्या देखिएकोले ट्युवेलको माग भएको हुँदा चालु आर्थिक वर्षमा उक्त समस्या समाधान हुने उनले बताए ।

जनताको आवश्कता र चाहना अनुसार आफुहरु अगाडि बढिरहेको जानकारी दिँदै मेयर यादवले सडक, स्वास्थ्य, शिक्षा र सिंचाईलाई प्राथमिकतामा राखेको बताए । सडकमा ३ सय ७४ ओटा योजनाहरु लागु भईसकेको चर्चा गर्दै उनले भने ‘सडकका योजनाहरुमध्ये अधिकांश सम्पन्न भईसकेको छ, तीमध्ये ५० भन्दा बढी योजना आरसीसी ढलानकै रहेको छ । सम्पूण वडाहरुमा आरसीसी ढलान, माटो तथा ग्राभेल, कल्भर्ट निर्माणको काम भएको बताउँदै उनले नगरपालिकामा १५ शैय्या अस्पतालकालागि स्वास्थ्य मन्त्रालयबाट १५ करोड रुपैयाँ समेत विनियोजना भईसकेको जानकारी दिए ।
कुपोषणको क्षेत्रमा प्रदेशमै नगरपालिका उत्कृष्ट काम भएको बताउँदै उनले भने ‘प्रदेश नम्वर २ मै बोदेवर्साइन नगरपालिका प्रथम भएको छ, युएनसम्मले हाम्रो कामको प्रशंसा गरेको छ ।’ कृषि क्षेत्रमा समेत परिवर्तन ल्याउन कृषकहरुलाई तालिम दिनुका साथै कृषिजन्य उपकरण तथा बिऊ वितरण गरिएको मेयर यादवले बताए । सिंचाईमा समस्या रहँदैआएकोले यस विषयमा समेत आफुहरु गम्भीर रहेको जानकारी दिँदै उनले भने ‘सिंचाईकालागि बोरिङ्ग, कुलो पैनी निर्माणका साथै खेतखेतमा विद्युत पुर्याउने कार्यलाई समेत अगाडि बढाएका छौं ।’

नगरपालिकामा पर्यटनको समेत सम्भावना रहेकोले मानराजा गढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यकासाथ त्यसको डिपीआर भईसकेको तथा अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरुको विषयमा समेत यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरी अघि बढ्ने उनले बताए । जिल्लाकै पुरानो बजारको रुपमा रहेको बर्साइनलाई थप व्यवस्थित एवम् विस्तारिकरण कार्य भईरहेको मेयर यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]