१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जनकपुरमा : ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभात फेरी मनायो

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

दिपेन्द्र प्रसाद सिंह

जनकपुरधाम,२४ मंसिर। ७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरको आज जनकपुरमा वृहत्त प्रभातफेरि कार्यक्रम गरिएको छ ।

जनकपुरधामको जानकी मंदिरबाट विहान ७ बजे इन्सेक प्रदेश २, राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्यन्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार संजाल, जिल्ला महिला अधिकार सरोकार समुह, एडभोकेसी फोरम नेपाल, थर्ड एलान्यसलगायतको मानवअधिकारको क्षेत्रमा कार्यरत दर्जनौ संघ संस्थाको अगुवाईमा बृहत प्रभातफेरि गरिएको छ ।

जनकपुरको जानकी मंदिरबाट सुरु भएको प्रभातफेरि जनकचोक, शिवचौक, भानुचोक हुदै स्टेशनचोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा प्यावसन धनुषा, एन प्यावसन धनुषा, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको समेत सहभागिता रहेको थियो ।

कोणसभामा बोल्दै उच्च अदालत जनकपुरका बरिष्ठ न्यायधिश वावुराम रेग्मीले विश्वभरमा महिला र बालबालिकाहरुको अवस्था मानवअधिकारको हिसावले नाजुक भएकाले उहाँको हक र अधिकारलाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संसारका सवै मानव एक हुन् र सवैलाई समान व्यवहार गर्नुपर्ने हुन्छ भन्दै यो नै मानवअधिकार हो बताउनुभएको छ । हामीले कुनै पनि काम गर्दा सदैव मानवअधिकारको उल्लघन भयो कि भन्ने हिसावले सचेत हुदै मानवअधिकारको रक्षा गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कोणसभामा बोल्दै प्रदेश २ का सांसद रामअशिष यादवले मानवअधिकारको हनन् हुने देश द्धन्द्धमा फस्छ र द्धन्द्धमा फसेका देशले आर्थिक प्रगति र समृद्धितर्फ उन्मुख हुन नसक्ने भएकाले गर्दा यसप्रति हामी सवै मानव सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

हामी सवै मानवअधिकारकर्मीहरु मानवअधिकारको रक्षक हौ भनेर संकल्प लिएर अगाडी बढ्न सकेको खण्डमा देश र जनताहरुको भविष्य सुखद हुने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]