२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सदनभित्रै यौनहिसा

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
पोखरा,२४ मंसिर।गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले सदनभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । भण्डारीले भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ ।

तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् ।

अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]