१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

लैंगिक हिंसा बारूद्ध १६ दिने अभियान सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२४ मंसिर।कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ।

कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो। १६ दिने अभियानलाई बृहत् रैली कार्यक्रम गरी समापन गरिएको हो । रैली कृष्णनगर नगरपालिकाको कार्यलयबाट सुरु भई बाजार परिक्रमा गरी गोलघरमा सम्पन्न भएको थियो। कार्यक्रम कृष्णनगर को मेयर रजत प्रताप शाह प्रमुख आतिथ्यमा सुरु भएको थियो।

कार्यक्रमलाई संबोधन गर्दै कृष्णनगरका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथी रजत प्रताप शाहले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नपाइने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिनु पर्दछ भने नागरप्रमुख शाहको भनाइ रहेको थियो।

कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष सन्जय गुप्ता, इ.प्र.का प्रमुख प्रताप पौडेल ,उधोग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता,लाईन्स क्लबका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतका ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने , समाजसेवी, पत्रकार, बिद्यार्थी,बुद्धजीवी तथा शिक्षकहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सन्चालन आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले बताउनु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]