२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

कपिलवस्तुमा ५ जना अपाङ्गता भएका व्यत्तिलाई स्ट्रोम फाउन्डेसनको सहयोग

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२४ मंसिर।स्ट्रोम फाउन्डेसनको सहयोगमा किर्डाक नेपालले ४ जना किशोरी १ जना किशोर गरी ५ जना अपांगता लाई विभिन्न व्यवसाय संचालनका लागि प्रति व्यत्ति ५० हजारका दरले ५ जनालाई २ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरीएको छ ।

“समानताकोे पुस्ता , बलत्कार विरूद्दको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज लैङ्गकि हिंसा विरद्ध अन्तरक्रिया तथा समिक्षा कार्यक्रममा ५ जना अपाङ्गता भएका किशोरकिशोरीहरुलाई चेक वितरण कार्यक्रम बुद्धभुमि नगरपालिका स्थित भृकुटी मा वि बुड्ढीमा सम्पन्न भएको छ ।
१६ दिने लैङ्गिक हिंसाको आज अन्तीम दिन अन्तराष्ट्रिय मानव अधिकार दिवसमा मानव भए पछि मानवको जस्तो व्यवहार गर्नु मानव भएर बाच्न पाउने अधिकारको प्रत्याभूत गराउन अपाङ्गता भएका व्यत्तिहरुलाई सुखी र खुशी जीवनयापनका लागि घर परिवार समुदाय तथा स्थानिय सरकारको पनि दायित्व भित्र रहेको कुरा बताउदै उत्त रकम आयाआर्जनका लागि सहयोग गरिएको हुनाले आयाआर्जन संचालन गरियोस र यसको नियमित अनुगमन तथा स्थानिय सरकारलाई पनि सहयोगका लागि ध्यानाकर्षण होस किर्डाक नेपालका सामुदायिक विकास सहजकर्ता अमर विकले बताउनु भएको छ ।

कार्यक्रमको समापन गर्दै बुद्धभूमी नगरपालिकाकी उपप्रमुख मीरा थारु ले स्थानिय सरकारले गर्नु पर्ने काम तथा जिम्मेवारी किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आउदा दिनहरुमा नगरपालिकाले पनि अपाङ्गता सम्बन्धि कार्यक्रम ल्याउने तथा आयाआर्जनका लागि भएको सहयोग रकमले आयाआर्जन संचालन गरी उनीहरुलाई सम्मानजनक जीवनयापनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
विभिन्न ठाउँमा संवाद केन्द्र संचालन गरेर छरपष्ट अवस्थामा रहेका किशोरकिशोरीहरुलाई सशत्तिकरण संगै अपाङ्गता भएका , बालवालिका,महिला,लगाएतका पछाडि परेका र पारिएका समुदायमा काम गरेको किर्डाक नेपालले आज छोरीको किराना पसलका लागि गरेको सहयोग रकम ग्रहण गर्दै आगामी दिनमा व्यवसायलाई अगाडी लैजाने सुलोचना थारुको बुवा श्री निवास थारुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]