०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

प्रधानमन्त्री ओलिले गरे सागका स्वर्ण विजेतालाई जनही ९ लाख दिने घोषणा

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौ ,२५ मंसिर।सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ।

फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो।

प्रधानमन्त्री ओलीले खेलाडीलाई आज आफ्नै निवास बालुवाटारमा बोलाई सो प्रोत्साहन रकम उपलव्ध गराउने घोषणा गरेका हुन्।

हिजो सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो।

अंक तालिकामा दोस्रो भएको नेपालको सागमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ। यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]