१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

श्रीसिया बासीद्वारा मुआब्जाको पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

संतोष रन्जितकार
वीरगन्ज,२६ मंसिर।पर्सा श्रीसियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार वीरगन्ज महानगरपालिका–२५ खलवाटोला र श्रीसियावासीले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाहा जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका थिए ।श्रीसियावासी विगत पाँच दिनदेखि वीरगन्ज–पोखरिया सडकखण्डको ड्राइपोर्ट’ चोकमा धर्नासमेत बस्दै आएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पर्साका सभापति अजय द्विवेदी, पार्टीका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]