०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

श्रीसिया बासीद्वारा मुआब्जाको पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

संतोष रन्जितकार
वीरगन्ज,२६ मंसिर।पर्सा श्रीसियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार वीरगन्ज महानगरपालिका–२५ खलवाटोला र श्रीसियावासीले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाहा जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका थिए ।श्रीसियावासी विगत पाँच दिनदेखि वीरगन्ज–पोखरिया सडकखण्डको ड्राइपोर्ट’ चोकमा धर्नासमेत बस्दै आएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पर्साका सभापति अजय द्विवेदी, पार्टीका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]