१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

देबिनगर युवा क्लब बुटवल फाईनलमा प्रबेश

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

न्यूजमधेश समाचारदाता
रुपन्देही, २६ मंसिर ।मैत्री युवा क्लबको आयोजनामा देवदह-१२ प्रगतिनगरमा जारी दोस्रो मैत्री कप-२०७६ रोचक बन्दै गएको छ ।बुधबार भएको सेमिफाइनल खेलमा जीत हासिल गरी देबिनगर युवा क्लब बुटवल फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा देबिनगर युवा क्लब बुटवल र शिवपुर युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ३-० गोलको अन्तरले देबिनगर युवा क्लब जित हासिल गर्दै फाइनल चरण पुगेको थियो । पहिलो खेलको हापमा दुबै टिम बराबरीमा खेलेको थियो भने दोस्रो हाप पछिको खेलमा देबिनगर युवा क्लबका खेलाडी सरद छेत्रीले ४१ मिनेटमा पहिलो गोल गरेका थिए ।

दोस्रो गोल पेलन्टी सुट आउटको सदुपयोग गर्दै सुस्मित के.सि ले गोल गरेका थिए । पुन: ४३ मिनेटमा सुस्मित के.सि ले गोल गर्दै आफ्नो टिमलाई बिजय गराएका थिए । उक्त खेलमा देबिनगर युवा क्लब बुटवलका खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै सुस्मित के.सि म्यान अफ द म्याच भएका थिए । उनलाई पुर्ब राष्ट्रिय फुटबल खेलाडी जित बहादुर लामाबाट म्यान अफ द म्याच बितरण गरिएको थियो ।

आज मङ्सिर २६ गते हुने खेलमा सुनवल-३ किर्तिपुर र सरस्वती युवा क्लव प्रसोत्तमपुर बिच ठिक २ बजे प्रतिस्पर्धा हुने आयोजक टिमले जानकारी गराएको छ । साथै उक्त खेलमा उत्कृष्ट हुने टिम र देबिनगर युवा क्लब बुटवल बीच मंसिर २८ गते फाईनल खेल हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]