२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

तराई मधेशका ग्रामीण बस्तीमा रहेको स्कुल सुनसान

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

न्यूजमधेश समाचारदाता
महोत्तरी,२६ मंसिर।धान काट्ने चटारो सुरु भएपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय सुनसान छन्।

मंसिर लागेसँगै बालबालिकाहरु धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ।

ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका बालबालिका अध्ययन गर्छन्।

आमाबाबु धान काट्न हिँड्ने भएपछि नानीहरु लोडहा खोज्न (धान काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला संकलन गर्ने काम) जाने गरेपछि विद्यालय सुनसान भएको शिक्षकहरुको भनाइ छ।

“हाम्रो विद्यालयका विद्यार्थी नै दलित समुदायका मुसहर, बाँतर, चमार, खत्वे, दुसाध र जनजाति समुदायका गरिब थारू समुदायका छन्”, भङ्गाहा नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रघुवीर साहले भने, “धान कटनी सुरु भएपछि ती समुदायका नानीहरु खेततिर व्यस्त छन् ।”

भङ्गाहाका नौ वडा बस्तीमा सात माध्यमिक र २३ आधारभूतसहित ३० सामुदायिक विद्यालय छन्।

औरही नगरपालिकाको टिम्कियास्थित आधारभूत विद्यालय, लोहारपट्टी नगरपालिकाको पिपराढी तथा खुट्टास्थित विद्यालय र बलवा नगरपालिकाको भगवतीपुरस्थित विद्यालय पनि पढ्न आउने विद्यार्थी घट्दा मङ्सिरभरि सुनसान हुने गरेका छन्।

मटिहानी नगरपालिका–९ सिमरदही, सम्सी गाउँपालिकाका विद्यालय र सोनमा गाउँपालिकाका सामुदायिक विद्यालय पनि अहिले सुनसान छन्।

“हामीले अब नानीहरु पढ्न पठाउनु पर्छ भन्ने बुझेका छौँ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगलासादा मुसहर भन्छन्, “तर मङ्सिर महिना धान काटेर राम्रो पारिश्रमिक पाइने महिना हो, यही बेला कमाएर राखेको धानले वर्षभरि गुजारा चलाउन पर्छ। त्यसैले यो महिनाभरिचाहिँ नानीहरु हाम्रो सहयोगमा हुने गरेका छन्।”

मुसहर र बाँतर जाति समुदायका बालबालिका मङ्सिर लागेसँगै धान काटिएको खेतमा शिला खोजेर सङ्ग्रह गरिएको धान बेचेर मनपर्ने कुरा किनेर खान रमाउने गर्छन्।

कृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा नियमित विद्यालय जान सक्दैनन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]